Kandetar (Barbed Wire)
Action
Cast
नेपाली हास्य विधा अन्तर्गत नमेटिने छाप छोड्न सफल व्यक्ति हुन् किरण केसी । लामो समय सम्म हास्यकलाकार राजाराम पौडेल संगको"किरा"जोडी भएर रहनु भएका किरण केसी पछिल्लो समय "जिरे खोर्सानी" नामक हास्यसिरियलमा ए राता मकै.. को थेगोबाट चर्चित हुनुहुन्छ ।
<...See Fullनेपाली हास्य विधा अन्तर्गत नमेटिने छाप छोड्न सफल व्यक्ति हुन् किरण केसी । लामो समय सम्म हास्यकलाकार राजाराम पौडेल संगको"किरा"जोडी भएर रहनु भएका किरण केसी पछिल्लो समय "जिरे खोर्सानी" नामक हास्यसिरियलमा ए राता मकै.. को थेगोबाट चर्चित हुनुहुन्छ ।
किरण केसीको जन्म ललितपुरको इमाडोलमा २०१४ असार १५ मा बुबा दुर्गाबहादुर र आमा इन्द्रकुमारीको तेह्रौं सन्तान मध्येका कान्छो सन्तानको रुपमा भएको हो । उहाँको न्वारानको नाम ‘केशव’ हो । सबैले उहाँलाई बाल्यकालमा ‘भैया’ भनेर बोलाउँथे । सानोमा चञ्चले स्वभावका किरण क बाबा बुबा नेपाली सेनामा लेफ्टिनेन्ट कर्नेल हुनुहुन्थ्यो । त्यसैले उहाँको पढाई प्रारम्भ घरमै नेपाली सेनाका शिक्षकहरुबाट भयो । घरमै प्रारम्भिक क्षिक्षा पछि मानभवनको एभीएम (आदर्श विद्या मन्दिर) मा कक्षा २ पछि पढें । कक्षा ४ बाट पाटन हाइस्कुलमा पढें । कक्षा ८ पछि लगनखेलमा मच्छिन्द्र इन्स्टीच्युटमा पढेका थिए।
उहाँले राष्ट्रिय नाचघरमा जागिर खाँदा नै कलाकारिता सुरु गर्नुभएको हो । २०२८ सालमा 'धानका बाला इलरी- बिलरी....' गीतमा नाचेर उहाँ पहिलोपटक मञ्चमा पुग्नुभएको हो । उहाँले अभिनय गरेको पहिलो टेलिफिल्म 'मह' को '१५ गते' हो भने पहिलो चलचित्र शम्भु प्रधानको निर्देशनमा बनेको 'सन्तान' हो । केसीले लामो समय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य संग सहकार्यगर्नु भएको छ । अहिलेसम्म करिब २ सय ५० वटा टेलिफिल्म र ८५ वटा फिल्ममा अभिनय गरिसक्नुभएको छ ।
किरण केसीले गोरखा दक्षिणबाहु, राष्ट्रिय पुरस्कारका साथै ४० जिल्लामा पुरस्कृत हुने मौका पाउनुभएको छ । देशका ६५ जिल्ला घुम्नुभएको छ भने विश्वका ३५ देशमा गएर कार्यक्रम गर्नुभएको छ । करिब तीन हजार पटक मञ्चमा गएर अभिनय गर्नुभएको छ ।
कलाकार केसीका बारेमा 'शब्दचित्रमा किरण केसी' नामक पुस्तक २०६५ मा उहाँकै जन्म दिनमा छापिएको थियो । उक्त पुस्तक टीका ढकालले लेख्नुभएको हो । पछिल्लो पटक उहाँ गायकको रुपमा पनि आफुलाई प्रस्तुत गर्नु भएको छ । उहाँका दुइ गीति एल्बम पनि आएका छन् । ती हुन्, 'ए राता मकै' र 'धरोधर्म माइली' । भविष्यमा कला संगीत र समाजसेवामै समर्पित हुने उहाँको योजना छ । आर्टिस्ट नेपाल डट कम उहाँले कला क्षेत्रमा दिनु भएको यो अमुल्य योगदानको सदैब सम्मान गर्दछ ।
Movie Name | Release Date(BS) |
---|---|
Arpan | 2050-6-28 |
Truck Driver | 2050-12-19 |
Jaya Baba Pashupatinath | 2052-6-2 |
Saubhagya | 2051-9-27 |
Sita | 2051-10-22 |
Garib | 2052-12-12 |
Kancha | 2056-8-13 |
Mister Ramkrishne | 2055-9-20 |
Filim | 2055-12-28 |
Ta Ta Sarae Bigris Ni Badri | 2070-7-4 |
Basanti | 2057-4-2 |
Santaan Thari Tharika | 2059-9-17 |
Aankha Lobhi Man Papi | 2070-7-6 |
Buhari | 2070-7-6 |
Dhan Sampati | 2058-9-19 |
Meri Ama | 2061-3-28 |
Ye Pandit Baje | 2062-9-28 |
Haat Lagyo Sunya | 2068-4-13 |
Sathi Ma Timro | 2068-11-19 |
Yuddha | 2064-2-14 |
Namaste | 2069-5-15 |
Sauta | 2050-12-4 |
Hasideu Ek Phera | 2067-8-17 |
Paapi Manche | 2062-4-28 |
Saavadhan | 2062-11-26 |
Phool | 2069-1-22 |
Barmala | 2062-6-21 |
Chha Ekan Chha | 2070-10-12 |
Matribhumi | 2070-9-26 |
Manchheko Maya | 2066-12-23 |
Nirmaya | 2053-8-28 |
Yo Maya Ko Sagar | 2057-9-16 |
Barshat | 2069-5-15 |
Lajja | 2071-7-7 |
Chhakka Panja | 2073-9-15 |
Shatru Gate | 2074-12-9 |
Auta Yesto Prem Kahani | 2074-10-14 |
K Yo Maya Ho | 2068-4-20 |
Sampati | 2048-7-12 |
Superstar | 2064-10-24 |
Maato Bolcha | 2056-5-21 |
Yeutaa Yesto Prem Kahani | 2075-2-1 |
Chhakka Panja 3 | 2075-6-24 |
Dal Bhaat Tarkari | 2076-1-20 |
Race | 2076-2-24 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved