
Timro Mero Sath
Romantic,Action,Comedy
Music Director
Personal Date/ Place of birth: Bhadra, 2000, Chiya Bagaan, Darjeeling, India
Relationship Status: Married
Spouse/ Partner: Rinchen Yonzan
जिबनका तिता मीठा अनुभुतीहरुको सरल गेयात्मक...See Full
Personal Date/ Place of birth: Bhadra, 2000, Chiya Bagaan, Darjeeling, India
Relationship Status: Married
Spouse/ Partner: Rinchen Yonzan
जिबनका तिता मीठा अनुभुतीहरुको सरल गेयात्मक अभिब्यक्ती नै गीत हो । संगीत को दुनियामा जीवन उत्सर्ग गर्ने गायक ,संगीतकार ,गितकार अथबा एउटा सिंङो संस्था गोपाल योन्जन को जन्म वि.स. २००० सालको जनैपूर्णिमाका दिन आपा बुद्धिमान योञ्जन र आमा छेकुडोल्मा मोक्तानको कोखबाट मेरिक ओकाइटी चियाकमान, दार्जिलिङमा जन्म भएको थियो ।
संगीतको प्रारम्भिक शिक्षा दार्जेलिङकै चिया बगानमा लिनु भएको योन्जनले नेपाली सांगितिक फाँटमा आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले संगीतको प्रारम्भिक ज्ञान नानोदुलाल मुखर्जि र स्ट्याण्डवर्गसँग शास्त्रीय संगीतको लिनु भएको थियो ।
त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा एम.ए गर्नुभएका उहाँले संगीतमा भने विम्यूजिक अर्थात स्नातक सम्मको अध्ययन हाँसिल गर्नु भएको थियो । उहाँ सन् १९६८ मा पहिलो पटक काठमाडौं प्रवेश गर्नुभयो । २०१९ सालमा दार्जेलिङ आर्ट एकेडेमीमा पनि आवद्ध हुनुभयो । उहाँले २०२३ सालमा कन्चनजंङ्ग, सिन्दुर चलचित्रका लागि संगीत निर्देशन गर्नु भएल्प थियो ।
गीत सृर्जना गर्नु भन्दा बढि संगीत भर्न, कुनै पनि सृजनामा नयाँ भाका हाल्न मन पराउने गोपाल योन्जनले सन् १९७० मा ‘तिम्रो जस्तो मुटु मेरो पनि…’ बोलको गीत पहिलो चोटी रेकर्ड गर्नुभएको थियो । आफ्नो समकालिन मित्रहरू अम्बर गुरूङ, कर्म योञ्जन, रञ्जित गजमेर र शरण प्रधानलाई उहाँ गुरूको रूपमा मान्नुहुन्थ्यो । उहाँहरूको संगीत यात्रा एकदमै रमाइलो र सरहणीय थियो ।
संगीतको छुट्टै युनिट उहाँहरूले नेपाली संगीतको दौरानमा थुप्रै संघर्ष र मिहेनत गरेको पाइन्छ । उहाँ आज हाम्रा सामु नभए पनि उहाँको संगीतप्रतिको छनकताले नेपाली संगीतप्रेमीहरूका माझ अजर अमर रहन सफल हुनु भएको छ । संगीत सृजनालाई आफ्नो जीवन ठान्ने उहाँ संगीतकै प्रशिक्षक म्यूजिक प्रोफेसरको रूपमा पद्मकन्या क्याम्पसमा २८/२९ वर्ष कार्यरत रहनु भयो । उहाँको निशानी ५२, निशानी ५३ र ऋतुरंग एल्बम प्रकाशित छन् भने २००० भन्दा बढी गीतमा संगीत भर्नु भएको छ । उहाँ संगीत र सृजना दुवै गर्न उत्तिकै मन पराउनु हुन्थ्यो ।
उहाँले राष्ट्रप्रति समर्पित स्वदेशगान, सेलो, आधुनिक, चलचित्र आदि विभिन्न विधाका गीतहरूमा आफ्नो संगीत, स्वर भर्नु भएको छ । उहाँले नेपाली मात्र नभएर तामाङ भाषाको चलचित्र सेमरी छोरङानको गीतमा समेत स्वर दिनु भएको छ । उहाँले संगीत मात्र गर्नु भएन उहाँले सबै संगीतप्रेमीहरूका लागि उपयोगी म्यूजिक मञ्जरी नामक पुस्तक समेत प्रकाशन गर्नु भएको छ । असल, सहयोगी भावना भएको योन्जन एकदमै रमाइलो हुन्नुहुन्थ्यो । बालबालिकाहरूलाई सुरूदेखि नै संगीतको ज्ञान सिकाउनु पर्छ भन्ने उहाँको मान्यता थियो । उहाँले कक्षा १ र कक्षा पाँचका बालबालिकाका लागि बालगीतमा समेत संगीत दिनुभएको छ । संगीत साधाक मात्र नभएर उहाँ बाँसुरी वाधक समेत हुनुहुन्थो ।
संगीत प्रतिको मेहनत, लगाव, निरन्तरताको कदर स्वरूप उहाँले थुप्रै सम्मान तथा पुरस्कारहरू प्राप्त गर्नु भएको छ । छिन्न लत्ता पुरस्कार, प्रिया पुरस्कार, डोरेमी पुरस्कार, सर्वोत्कृष्ट संगीतकार पुरस्कार (कान्छी चलचित्र), गोरखा दक्षिणबाहु लगायतका दुई दर्जन भन्दा बढि सम्मान तथा पुरस्कारबाट उहाँ सम्मानित हुनुहुन्थ्यो । उहाँले नेपाली गीत संगीतका विविध पक्षहरूलाई नेपाली समाज समक्ष प्रस्तुत गरी आफ्नो अलग्गै पहिचान बनाउन सफल स्वर्गिय योन्जनले वि स २०५४ साल, जेठ ७ गतेका दिन यस संसारबाट बिदा लिनुभयो । नेपाली संगीत ले उहाँको अभावको सधैं महसुस ररिरहनेछ ।
Movie Name | Release Date(BS) |
---|---|
Sindoor | 2037-8-2 |
Badlido Aakash | 2040-7-22 |
Arko Janma | 2042-5-32 |
Kanchhi | 2048-7-9 |
Bishwas | 2043-1-22 |
Maya Preeti | 2045-11-1 |
Bhumari | 2046-1-29 |
Raanko | 2052-2-27 |
Pahilo Prem | 2053-11-2 |
Umaa | 2070-2-10 |
Megha | 2070-11-2 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved