
Timro Mero Sath
Romantic,Action,Comedy
Singer
प्रसिद्ध गायक कुमार कान्छाको जन्म २०१४ मंसिर २८ गते कलकत्तामा पिता मनबहादुर शाह र माता तुलसीदेवी शाहको कोखबाट भएको हो । पिता जागिरको सिलसिलामा दैलेखबाट कलकत्ता पुगेका बेला कुमार जन्मनुभएको हो । उहाँकी एक दिदी पनि हुनुहुन्छ । उहाँका श्रीमती र दुइ छोराहरु पनि छन् ।
प्रसिद्ध गायक कुमार कान्छाको जन्म २०१४ मंसिर २८ गते कलकत्तामा पिता मनबहादुर शाह र माता तुलसीदेवी शाहको कोखबाट भएको हो । पिता जागिरको सिलसिलामा दैलेखबाट कलकत्ता पुगेका बेला कुमार जन्मनुभएको हो । उहाँकी एक दिदी पनि हुनुहुन्छ । उहाँका श्रीमती र दुइ छोराहरु पनि छन् ।
कुमार कान्छाले नेपालका एक सयभन्दा बढी चलचित्रमा र धेरै कलेक्सन एल्बमका लागि गीत गाउनुभएको छ । 'लाहुरे', 'कोसेली' जस्ता चलचित्रमा अभिनय पनि गर्नुभएका कुमारले चलचित्र बाहेक गाएका नेपाली गीतहरू संगालेर दुई क्यासेट चक्का 'गोरेटो',र 'दोबाटो' एल्बम पनि बजारमा ल्याईसक्नु भएको छ । कुमार कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली आदि २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाउनुभएको छ । 'पीया कर गावँ' नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत भारतको राष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ ।
उस्ताद सुल्तान खाँका चेला कान्छाको पहिलो गीत नेपाली चलचित्र 'साइनो'को 'आमैले भन्थिन् धाराको पानी...' हो । कुमार कान्छाको अन्तिम एल्बम 'साईनो' हो । साईनो चलचित्रको लागि 'आमैले भन्थे धाराको पानी.............' पहिलो गीतको रूपमा गाउनु भएको कुमारले त्यही साईनो चलचित्रको सम्झनालाई अझ प्रगाढ बनाउन र आफ्नो गीत गायनको २५ औं बर्ष पुगेको अवसरमा 'साईनो' नामक एल्बम निकाल्न तरखर गर्दा गर्दै उनको निधन भएको थियो ।
मेरुदण्ड -स्पाइनल कर्डको उपचार गराइरहेका उनको मुम्बईको माहिमस्थित एसएल रहेजा अस्पतालमा उपचारत क्रम मा निधन भएको हो। २०६७ माघ ३ गते सोमबार झन्डै १२ बजे उनले धर्ती छाडेका हुन् । सोमबार साँझै उनको पार्थिव शरीरलाई गोरेगाउँ स्थित घरमा ल्याएर श्रद्धाञ्जलीको कार्यक्रम गरिएको थियो । श्रद्धाञ्जलीमा संगीतकार रञ्जित गजमेर, गायक तथा अभिनेता मुरलीधर, गायिका जमुना शर्मा, संगीतकार शिखर सन्तोष लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । उनको सोमबार साँझै दाहसंस्कार गरिएको थियो ।
Movie Name | Release Date(BS) |
---|---|
Chino | 2047-10-1 |
Pukar | 2050-11-6 |
Chatyang | 2050-12-32 |
Prem-Pooja | 2050-12-32 |
Pahilo Prem | 2053-11-2 |
Sadak | 2051-6-11 |
Aparadh | 2051-2-26 |
Tuhuro | 2051-6-12 |
Parivasha | 2051-3-23 |
Cheli | 2053-1-19 |
Mahamaya | 2051-6-20 |
Janma Janma | 2051-12-19 |
Radha Krishna | 2051-6-14 |
Saubhagya | 2051-9-27 |
Bhisma Pratigya | 2052-6-8 |
Dharma | 2052-1-11 |
Saraswati | 2052-1-1 |
Mitjyu | 2052-6-16 |
Daijo | 2053-6-25 |
Jalan | 2055-1-30 |
Hatya | 2056-2-9 |
Tridev | 2066-10-4 |
Superstar | 2064-10-24 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved