
Timro Mero Sath
Romantic,Action,Comedy
Music Director
गायक तथा संगीतकार राम थापाको जन्म वि.सं.२०१५ साल भाद्र २ गतेका दिन काठमाडौँ जिल्लाको कमलपोखरीमा बुबा हस्तबहादुर थापा र आमा हिराकुमारी थापाको सुपुत्रका रुपमा राम थापाले जन्म लिनुभएको थियो।
कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उन...See Full
गायक तथा संगीतकार राम थापाको जन्म वि.सं.२०१५ साल भाद्र २ गतेका दिन काठमाडौँ जिल्लाको कमलपोखरीमा बुबा हस्तबहादुर थापा र आमा हिराकुमारी थापाको सुपुत्रका रुपमा राम थापाले जन्म लिनुभएको थियो।
कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उनले टोलकै केही ठूला दाइहरुसँग मिलेर गीतार बजाउन सिकेका हुन् । उनले सम्पूर्ण ध्यान सङ्गीतमा लगाउदै भएपनि उनले १४ वर्षको कलिलो उमेरमै २०२९ सालमा युवक मा.वि.पकनाजोलबाट एस.एल.सी पास गरेका हुन्।
एस.एल.सी पढाइ सक्दासम्म गीतारमा कर्ड खोजीखोजी बजाउन सिपालु भइसकेका राम थापाको यो खुबीलाई निगरानी गरिरहेका भैरवबहादुर थापाले आफ्नो संस्था 'भैरव नृत्य दल'मा उनलाई समावेश गराए । टोलटोलमा सांस्कृतिक कार्यक्रम गर्ने यसै संस्थामा थापाले मादल, हार्मोनियम बजाउन र नाच्न सिके । साथीहरु मीरा राणा, हरिवंशहरुसँगै उनको क्षमता खारिदै गएको थियो।
२०३१ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् । स्वर परीक्षा पास गरेपछि आफ्नै सङ्गीतमा- हाई हाई वनकाली माई बोलको गीत रेकर्ड गराएका थिए । गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत वनकाली माई चर्चित गीतको लहरमा परेपछि उनका लागि रेडियो नेपालको यात्रा सहज बन्दै गएको थियो ।
राम थापाको सङ्गीत र अरुण थापाको स्वरमा रहेको ऋतुहरुमा तिमी हरियाली वसन्त हौ..... २००२ मा बि.बि.सी.लण्डनले गरेको सर्वेक्षणमा संसारकै १० उत्कृष्ट गीतहरुमध्ये सातौँ स्थानमा परेर सम्पूर्ण नेपाली सङ्गीतकर्मीका साथै नेपालीहरुको पनि इज्जत बढाएको थियो ।
करिब ५०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको थापाका ऋतुहरुमा तिमी हरियाली बसन्त हौ..., तिमी त्यसै लजायौ म त्यसै झकाएँ.... लगायतका दर्जनौ गीतहरु सफल रहेका छन् भने ठेट नेपाली शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायकका रूपमा पनि सुपरिचित हुनुहुन्छ ।
राम थापाले आफ्नो आवाजलाई लोकगीतका साथै रेडियो उद्घोषणमा पनि राम्रैसँग उपयोग गरेका थिए । उनले २०३८ सालदेखि २०५४ सालसम्म र २०४७ सालदेखि २ वर्षजति "आञ्चलिक सुस्केरा" नामक लोकगीति कार्यक्रममा पनि आफ्नो स्वरको जादू देखाइ सकेका थिए । राम थापा रेडियो नेपालमा लोकगीततर्फ प्रतिष्ठित श्रेणीका गायक र आधुनिक सङ्गीततर्फ प्रतिष्ठित श्रेणीको सङ्गीतकारको रुपमा कार्यरत थिए ।
वि.सं.२०३१ देखि २०६३ सालसम्मको ३२ वर्षको यात्रा अवधिमा थापाले १६ ओटा लोकगीतको एल्बम, ५ ओटा आधुनिक गीतको एल्बम र १० ओटा जति हास्यव्यङ्ग एल्बमहरु प्रकाशित गरिसकेका छन् । त्यस्तै जुनीजुनीलाई र घायल प्रेम नामको दुइ भिडियो चलचित्र र बादल, घामछायाँ, आँखा लोभी मन पापी, गरी तीन ठूला पर्दाका चलचित्रमा पनि सङ्गीत दिएका थिए ।
नेपाली सांगीतिक क्षेत्रका नक्षत्र, लोकगायक एबंम संगीतकार राम थापा को २०६५ मंसिर ०३ गते बिहिबार बिहान २:३० बजे काठामाण्डौ को नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। गायक थापा कलेजो रोग बाट पीडित थिए । बहु आयामिक व्यक्तित्व राम थापाको निधनले नेपाली सङ्गीत जगतले अबश्यपनि एक्लोपन को महशुस गरेको हुनु पर्छ ।
Movie Name | Release Date(BS) |
---|---|
Manakamana | 2048-6-25 |
Baadal | 2050-12-32 |
Aankha Lobhi Man Papi | 2070-7-6 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved