
Timro Mero Sath
Romantic,Action,Comedy
Singer
स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुधावारका दिन बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको छैटौ सन्तानका रूपमा काठमाडौँ किलागल टोलमा भएको थियो । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपाल सांगीतिक माहौलमा जन्मनु भएकोले सानै देखि बाबु संगै भजन...See Full
स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुधावारका दिन बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको छैटौ सन्तानका रूपमा काठमाडौँ किलागल टोलमा भएको थियो । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपाल सांगीतिक माहौलमा जन्मनु भएकोले सानै देखि बाबु संगै भजन मण्डलीमा जाने गर्नु हुन्थ्यो र तबलामा साथ दिनु हुन्थ्यो ।
आफ्ना पिता ख्यातीप्राप्त सितार बादक आशा गोपाल गुर्बाचार्यको संगीत प्रतिको लगन र घरमा सधै जस्तो भैरहने सङ्गीत सम्बन्धित कार्यक्रमबाट नारायण गोपाल ले अनायास सङ्गीत सम्बन्धि आकर्षण र प्राथमिक शिक्षा प्राप्त गर्नु भएको थियो ।
करिब १२ वर्षको छदा २००८ सालमा प्रेमध्वज प्रधान संग उहाको सामिप्यता बढेको थियो । प्रेमध्वज ,नारायण ,मनिकरत्न लगायतका ८/९ जना साथीहरु मिलेर खोलिएको एउटा समुहले हिन्दी-नेपाली गीतहरु गाउने गर्दथे । त्यो बेला नारायण गोपाल तबलामा साथ दिने गर्दथे ,र साथीहरुले गाउन छाडेपछि उनि गुनगुनाउन थाल्दथे । नारायण स्कूलमा पनि टेबुल ठटाएर फिल्मी गीतहरु गाइरहन्थे । २०१२ सालदेखि सक्रिय रुपले रंगमञ्चीय कार्यक्रममा भने प्रवेश गरेका नारायणले पहिलो पटक इन्द्रजात्राको बेला भेडासिंगमा हुने ज्यापुको डबलीमा एउटा नेवारी गीतबाट गायनकलाको सुरुवात गरेका थिए ।
सांगीतिक यात्रा
२०१६ सालमा एस.एल.सी.परीक्षा उतिर्ण गरेपछि त्रिचन्द्रमा मानविकीमा बी.ए सम्मको अध्ययन गर्नुभएको थियो । त्यहिँ बेला संगीतकार नातिकाजी ,गीतकार रत्न समशेर थापा ,गायक प्रेमध्वज प्रधान ,मनिकरत्न लगायत डा. राममान " तृषित "का समुहले 'नबकला परिवार' नामक अर्को सस्थापनि खोलेका थिए, यहि समूहको सम्पर्क बाट नारायणले २०१७ सालमा "स्वर्गकी रानी मायाकी खानी........." बाट सिंहदरबारको रेडियो नेपालमा प्रवेश गर्नु भएको थियो ।
भारतको बडौदामा सङ्गीत बिश्व विधालयबाट शास्त्रीय संगीतमा स्नाक्तोर गर्नु भएका नारायण गोपालले २०२३ सालमा रेडियो नेपाल बाट आयोजित आधुनिक सङ्गीत सम्मेलनमा " गल्ती हजार हुन्छन, यहा होश हराएको बेला ........" गितबाट सर्बोकृस्ट संगीतकार र २०२४ सालमा सर्बोकृस्ट गायकको पुरस्कार प्राप्त गर्नु भएको थियो ।
पद भन्दा काम, चाकरी भन्दा प्रतिभा, र दौलत भन्दा गरिमा महान ठान्नु हुने स्वरसम्राट नारायण गोपालले २०३६।०५।१० देखि २०४०।१०।०४ सम्म सास्कृतिक संथानका का.मु महाप्रबन्धक ,२०४६ श्रावण १६ गते देखि संचार मन्त्रालयमा सङ्गीत सल्लाहाकारका रुपमा कार्यरत, ललितकला क्याम्पसका सह-प्राध्यापक ,बाजा गित र नाच (बागिना) का सम्पादक र गीति नाटकको कथा 'कान्छी मस्याङ' पनि लेख्नु भएको थियो ।
वि.सं. २०२७ साल फागुनमा पेमाला लामाका साथ विवाह बन्धनमा बाधिनु भएका भएका नारायण गोपालका कुनैपनि सन्तान भएनन् । खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, इतिहास पढ्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्यो कि बजाउन थालिहाल्ने अनौठा खालको उहाँको बानी र शौख थियो ।
डिस्क र टेप गरी जम्मा २ सयवटा प्रसारित गीत गाएका नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभएको थियो भने २०४५ सालमा बर्षको सर्बश्रेष्ठ पुरुष घोषित र २०४६ सालमा गोल्डेन काइट अन्तराष्ट्रिय सांगीतिक प्रतियोगिता (मलेशिया)मा निर्णायक मण्डलको सदस्य समेत हुनुहुन्थ्यो ।
मुटु ,मृगौला र मधुमेह को रागले पिडित नारायणगोपाल को २०४७ साल मङ्सिर १९ गते बुधबारको दिन रातको ९.२५ बजेको दिन आफ्ना सुमधुर स्वरलहरीहरु बायु मण्डलमा छरी नेपाली संगीतलाई टुहुरो बनाइ सांसारिक इहलिलासंग बिदा लिनु भएको थियो । सङ्गीतको गरिमा अभिब्रिद्धी गर्ने सिलसिलामा नारायण गोपालले भारत, चिन, उत्तर कोरिया , थाईलायन्ड, बंगलादेश , म्यानमार (बर्मा), सोभियत संघ र पश्चिम जर्मनीको समेत भ्रमण गर्नु भएको थियो ।
Movie Name | Release Date(BS) |
---|---|
Hijo-Aaja Bholi | 2024-11-2 |
Man Ko Bandh | 2030-11-7 |
Sindoor | 2037-8-2 |
Badlido Aakash | 2040-7-22 |
Kanchhi | 2048-7-9 |
Lahure | 2045-5-5 |
Maya | 2047-10-12 |
Kosheli | 2047-7-24 |
Chino | 2047-10-1 |
Chot | 2047-7-20 |
Dakshina | 2051-6-20 |
Parivartan | 2028-6-9 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved