
Timro Mero Sath
Romantic,Action,Comedy
Cast
छुच्ची सासु, करकसा श्रीमती र कचकच आमाको भुमिकामा प्राय: देखिने शान्ति मास्के जिबन्त अभिनय गरेर दर्शकलाई प्रभाभ पार्ने अभिनेत्रीमा पर्नुहुन्छ। वि.सं. १९८४, असोजमा गोरखाको आँप-पीपलमा बाबु खड्गबहादुर र आमा विष्णुमायाको कोखबाट जन्मिएकी शान्ति श्रेष्ठ (मास्के) झन्डै नौ वर्ष आफ्नी आमासँग साम्राज्यशमशेर राणा...See Full
छुच्ची सासु, करकसा श्रीमती र कचकच आमाको भुमिकामा प्राय: देखिने शान्ति मास्के जिबन्त अभिनय गरेर दर्शकलाई प्रभाभ पार्ने अभिनेत्रीमा पर्नुहुन्छ। वि.सं. १९८४, असोजमा गोरखाको आँप-पीपलमा बाबु खड्गबहादुर र आमा विष्णुमायाको कोखबाट जन्मिएकी शान्ति श्रेष्ठ (मास्के) झन्डै नौ वर्ष आफ्नी आमासँग साम्राज्यशमशेर राणाको दरबारमा बसिन् । सानैदेखि विद्रोही स्वभावकी शान्तिले दरबारभित्रको अन्यायपूर्ण व्यवहार मन पराइनन् । जसका कारण उनी दरबारका कुकृत्यको पर्दाफास गर्ने उद्देश्यले कामको बहाना बनाई भागेर भारतको कोलकाता पुगिन् । कोलकातामा सुर्वणशमशेर र महावीर शमशेरसँग भेटी नेपाली कांग्रेसको सदस्यता लिइन् । त्यसका साथै निरंकुश राणाशासनको जरा उखेल्ने योजनामा पनि लागिन् ।
२००७ सालमा विराटनगर जुटमिलमा रहेको रेडियो प्रजातन्त्रमा क्रान्तिकारी गीतसमेत गाउने गरेकी शान्ति राणाशासनको अन्त्यपछि फेरि कोलकाता गएर योङ गोरखा एसोसिएसनमा सहभागी भइन् । उनले त्यहाँ नेपालीका लागि मञ्चन गरिएको अमर विवाहलगायतका तीन नाटकमा नायिका भई अभिनय गरिन् ।
गायनका साथै अभिनयमा पनि आफूलाई अब्बल सावित गरेकी शान्तिले २०१० सालतिर राजधानीको नाचघरमा निरन्तर १५ दिनसम्म मञ्चन भएको नाट्यसम्राट् बालकृष्ण समको नाटक अन्धबेगमा प्रमुख भूमिका निभाएकी थिइन् । उनले ०१८ सालमा राजा महेन्द्र विराटनगर जाँदा वरिष्ठ गायक धर्मराज थापाको अनुरोधमा स्वागत गीत पनि गाएकी थिइन् । २०३३ सालमा बिरेन्द्र-ऐश्वर्यारज्यलक्ष्मी द्वारा सत्यमोहन जोशीको ' फर्केर हेर्दा' हेरिसकेपछि शान्ती मास्केको उहाँहरुले तारिफ गर्नु भएको थियो ।
दिवंगत शान्तिले अभिनय गरेको पहिलो फिल्म हिजो आज भोलि हो। त्यसपछि उनी फिल्म अभिनयमै व्यस्त भइन् । उनले विश्वास, सन्तान, सिन्दूर, जीवन रेखा, पछ्यौरी, के घर के डेरा, पीरती, भूल, कस्तुरी, तपस्या, बलिदान, पहिलो प्रेम, द कमान्डो, नासो, मामाघर, फेरि अर्को साइनोलगायत झन्डै चार दर्जन फिल्ममा अभिनय गरेकी छिन् । भारतीय वरिष्ठ निर्देशक सत्यजित रेले निर्माण गरेको हिन्दी फिल्म किस्सा काठमाडौंमा समेत अभिनय गरेकी छिन् ।
सन्तान फिल्मको सुटिङमा हामफाल्दा उनको छातीमा चोट लागेको थियो । जसका कारण उनी हृदयरोगी बन्न पुगेकी थिइन् । र त्यहि बेला देखि पेसमेकर नामक उपकरणको माध्यमबाट बाँचिरहेकी थिइन् । तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह २० हजार नगद, तत्कालिन नेपाल् टेलिभिजनका महाप्रबन्धक तथा निर शाहको उल्लेखनिय सहयोग एबम अन्य बिभिन्न सहयोगले ६० हजार रुपियाँमा १० बर्ष म्याद् भएको पेशमेकर राखिएको थियो । तर उहाँले आर्थिक आभाभको कारणले उक्त पेशमेकर फेर्न सक्नु भएको थिएन् ।
राणाशासनको अन्त्य गर्न निकै ठूलो योगदान दिएकी अभिनेत्री शान्तिले ०११ सालमा तेह्रथुमका वीरबहादुर मास्केको तेस्रो श्रीमतीको रूपमा भित्रिएकी मास्केको श्रीमानको २०३४ सालमा निधन भएको थियो । त्यसपछी दुःखका दिन सुरू भएको उनको जीवनमा आमा र छोरी साहाराको रूपमा थिए ।
गायन, नृत्य, समाजसेवा तथा अभिनयका माध्यमबाट नेपाली फिल्म क्षेत्रमा अनवरत योगदान गरेकी शान्ति दशक अभिनेत्री सम्मान ०५१, नेपाल चलचित्र संघको रजत जयन्ती समारोह ०४७ सम्मान, गोरखा दक्षिण बाहु चौथो- ०५२, सेवा पदक, हरितारा चलचित्र पुरस्कार ०५२, डाबर अनमोल लाइफ टाइम एचिभ्मेन्ट अवार्ड-०६०, चलचित्र कलाकार संघ पुरस्कार- ०६० लगायतका सम्मानबाट विभूषित भएकी थिइन् ।
उनको ८३ वर्षको उमेरमा २०६७ माघ ५ गते मंगलबार राति १० : ४० बजे छोरीको भैँसेपाटीस्थित निबासमा निधन भएको हो ।
Movie Name | Release Date(BS) |
---|---|
Pirati | 2046-11-18 |
Hijo-Aaja Bholi | 2024-11-2 |
Sindoor | 2037-8-2 |
Jivan Rekha | 2039-8-2 |
Kanchhi | 2048-7-9 |
Ke Ghar Ke Dera | 2041-10-30 |
Bishwas | 2043-1-22 |
Santaan | 2044-8-14 |
Shanti-Dip | 2046-9-16 |
Kasturi | 2048-6-20 |
Deuki | 2050-3-6 |
Tapasya | 2050-5-27 |
Bhul | 2053-2-28 |
Pahilo Prem | 2053-11-2 |
Pachhyauri | 2054-6-9 |
Mahamaya | 2051-6-20 |
Balidan | 2053-12-28 |
Naaso | 2055-4-31 |
Ta Ta Sarae Bigris Ni Badri | 2070-7-4 |
Bacha Bandhan | 2070-7-8 |
The Commando | 2070-6-20 |
Krodh | 2063-3-17 |
Majdoor | 2056-11-15 |
Mamaghar | 2070-7-8 |
Nari (The Women) | 2068-8-23 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved