
Timro Mero Sath
Romantic,Action,Comedy
Director
नेपालको चलचित्र ईतिहासमा 'बुढो बाघ'ले परिचित प्रकाश थापालाई व्यावसायिक चलचित्रका प्रणेता मानिन्छ । उनको खरो स्वभाव र कडा मिजासको कारणले उनलाई बाघ निर्देशक को उपनाम दिइएको थियो । उनी मूलतः चलचित्र निर्देशक थिए तर हरेक विधामा उनको राम्रो दख्खल थियो । उनी एक कुशल अभिनेता पनि थिए । वास्तवमा उनको चलचित्...See Full
नेपालको चलचित्र ईतिहासमा 'बुढो बाघ'ले परिचित प्रकाश थापालाई व्यावसायिक चलचित्रका प्रणेता मानिन्छ । उनको खरो स्वभाव र कडा मिजासको कारणले उनलाई बाघ निर्देशक को उपनाम दिइएको थियो । उनी मूलतः चलचित्र निर्देशक थिए तर हरेक विधामा उनको राम्रो दख्खल थियो । उनी एक कुशल अभिनेता पनि थिए । वास्तवमा उनको चलचित्र यात्रा नै अभिनयबाट आरम्भ भएको थियो । स्व.प्रकाश थापा आफ्ना चलचित्र आफु स्वयं लेख्ने गर्दथे । यस्ता अभुतपूर्व व्यक्तित्वका धनी प्रकाश थापाको २०६१ जेठ १३ को सुर्योदय हुनु पुर्व नै वीर अस्पतालको शैय्याबाट अन्तिम श्वास लिई सर्जक थापा चलचित्रको आकाशबाट अस्ताए ।
वि.सं. १९८७ असार ४ गतेका दिन धनकुटाको मुगागाउँमा पिता उदिपिसंह थापा र माता कर्णकुमारी थापाको कोखबाट जन्मेका प्रकाश थापा आफ्नो कर्म खोज्न सन् १९५६ तिर भारतको देहरादून पुगे । त्यहाँ उनको संगत शशी शमशेर र रवि शमशेरसँग भयो । उनीहरु त्यहाँ नाटक गर्दथे । त्यहीं नाटकमा प्रकाश थापाले पनि भाग लिए । रङ्गयात्रामा उनकॊ पहिलो पाइला त्यही नै थियो ।
अभिनयको यो जोशलाई शान्त पार्न भारतको फिल्म नगरी बम्बई संघर्ष गर्न पुगेका प्रकाश थापाले सन् १९५८ मा सावित्री शिर्षकको हिन्दी चलचित्रमा खेल्ने अवसर पाए । त्यस पछि त्यहाँका स्टार जितेन्द्रसंग उनको मित्रता बढ्यो । जितेन्द्रले उनलाई आफू हिरो भएका चलचित्रहरु सुहाग रात फर्ज मेरे हमसफरमा अभिनय गर्ने अवसर दिलाए । प्रकाश थापाले त्यहाँ तत्कालिन सुपर स्टार राजेश खन्नाको आन मिलो सजना र सुप्रसिद्ध अभिनेता अभिताभ बच्चनको पहिलो चलचित्र सात हिन्दुस्तानीमा पनि अभिनय गरे । अर्काको देशमा बसेर आफ्नो कला प्रतिको ईच्छा पुरा नहुने देखेर उनले नेपालमा आइ 'मेरो देश' नामक चलचित्र बनाउने योजना बनाए । तर त्यो योजना पुरा हुन पाएन । त्यसपछि तत्कालिन शाही नेपाल चलचित्र संस्थानको लागि मनको बाँधका निर्देशकका रुपमा आफ्नो चलचित्र यात्रा आरम्भ गरे ।
प्रकाश थापाले निर्देशन गरेको सिन्दुरूलाई नेपाली चलचित्र जगतमा व्यावसायिक सफलताको मानकका रुपमा लिने गरीन्छ । वास्तवमा आफ्नो प्रर्दशनको २५ हप्ता पुरा गरी फिल्मी भाषामा सिल्भर जुब्ली पार गरेको चलचित्र पनि सिन्दुरनै पहिलो कीर्तिमान हो । यो चलचित्र जय नेपाल हलमा २०३६ मंसीर १० गते प्रर्दशन आरम्भ भई २०३७ जेठ ४ गते सम्म लगातार २७ हप्ता प्रर्दशन गरिएको थियो । जीवन रेखा सन्तान कन्यादान अधिकार जस्ता सफलतम् चलचित्र निर्देशन गरेका प्रकाश थापाले निर्माण गरेको एउटै मात्र चलचित्र महामायाले दर्शकको मन भने जित्न सकेन । उनको अन्तिम चलचित्र नाता रगतको हो । आफ्नो जीवनको अन्तिम क्षणमा पनि उनी बदेनीको कथामा चलचित्र बनाउने योजना बुन्दै थिए । तर उनको यो अन्तिम ईच्छा भने पुरा हुन सकेन ।
थुप्रै पदक पुरस्कार र विभुषणबाट अलंकृत अप्रतिम् व्यक्तित्व निर्देशक प्रकाश थापाले छोडेर गएको नेपाली चलचित्र जगतले संधैंनै प्रकाश थापाको अभाव महसुस गर्दै आईरहेको छ । यो अनुभुति नै वास्तवमा उनी प्रतिको श्रदान्जली हो अनि उनी सदैव सम्झनामा आईरहने अमर स्रष्टा हुन् भन्ने कुराको प्रमाण हो ।
Movie Name | Release Date(BS) |
---|---|
Man Ko Bandh | 2030-11-7 |
Sindoor | 2037-8-2 |
Jivan Rekha | 2039-8-2 |
Santaan | 2044-8-14 |
Kanya Dan | 2047-5-8 |
Adhikar | 2049-1-26 |
Mahamaya | 2051-6-20 |
Jali Rumal | 2051-9-1 |
Nata RagatKo | 2056-12-16 |
Awara | 2058-5-5 |
Ta Ta Sarae Sapris Ni Badri | 2069-3-29 |
World Cup In Nepal | 2071-1-19 |
Maya Ta Maya Ho | 2066-9-10 |
Hasideu Ek Phera | 2067-8-17 |
Sima Rekha | 2054-3-10 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved